राजनीति

दाहाल भन्छन्- रविलाई हाजिरी जमानीमा छाडे भइहाल्यो नि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछानेलाई हाजिरी जमानीमा छाडे हुने बताएका छन् ।

मङ्गलबार चितवन पुगेका दाहालले सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धानरत लामिछानेलाई हाजिरी जमानीमा छाडे हुने बताएका हुन् ।

‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्‍यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि,' दाहालले भने ।

उनले लामिछानेसँग सरकारवादी पार्टीहरू नतर्सिँदा हुनेसमेत बताए । 'जे-जे जाँचबुझ गर्नु छ, गरे हुन्छ नि । स्वयम् रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि यति धेरै तर्सिनुपर्ने ?,’ दाहालले भने ।

प्रकाशित: २५ मंसिर २०८१ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App