राजनीति

शिक्षामन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन्।

उनले एभरेष्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य हुँदा र नेपाल बंगलादेश बैंकको रकम जनएकता साप्ताहिकको सम्पादक÷प्रकाशक हुँदा बखतको आम्दानीको स्रोत भएको देखाएका छन्। 

यस्तै उनले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा रु पाँच हजारको शेयर भएकोसमेत जानकारी दिएका छन्। यस्तै मन्त्री पोखरेलले बुबा चन्द्रमणिको नाममा रहेको खोटाङस्थित रावावेशी गाउँपालिका–२ मा कित्ता नं २२५ को करिब २३ रोपनी अंशवण्डा नभएको पैतृक सम्पत्ति देखाएका छन्। उक्त पैतृक सम्पत्ति आमा कनककुमारी स्मृति प्रतिष्ठानलाई समेत प्रदान गरिएको उल्लेख छ। रासस 

प्रकाशित: २८ चैत्र २०७४ १४:२७ बुधबार

शिक्षामन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक