राजनीति

रविलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी

सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार (आज) म्याद थपका लागि अदालतमा पेश गरिने भएको छ।  

यसअघि कास्की जिल्ला अदालतले गत ९ मंसिरमा १५ दिनका लागि दिएको म्याद शुक्रबार राति नै सकिएको थियो। शनिबार अदालत बन्द भएकाले आज मात्र लामिछानेलाई अदालतमा पेश गर्न लागिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा अनुसन्धान चलिरहेको छ। लामिछानेसँगै, पूर्व प्रहरी डीआईजी छविलाल जोशीसहित पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न अन्य व्यक्तिहरूलाई पनि आज अदालतमा पेश गरिने छ।

प्रकाशित: २३ मंसिर २०८१ ०९:३५ आइतबार

#Rabi Lamichhane #Kaski Police