राजनीति

शिक्षकलाई दाहालकाे आग्रह: सडक आन्दोलनका लागि तयार रहनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै दाहालले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालेले शिक्षकलाई सडक आन्दोलनका लागि तयार रहन आग्रह गरे । 

आफू नेतृत्वको सरकारले शिक्षा विधेयक संसद्मा दर्ता गरेर पारित गर्ने प्रयास गर्दा सरकार ढलेको भन्दै अध्यक्ष दाहालले शिक्षक कर्मचारीको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक सांसदबाट पारित हुनुपर्ने बताए । 

शिक्षा नसुध्रिएसम्म देश नसुध्रने र शिक्षा सुध्रन शिक्षा विधेयक सांसदबाट पारित हुनुपर्ने उनले दाबी गरे । 

प्रकाशित: २२ मंसिर २०८१ १७:३२ शनिबार

##Pushpa_Kamal_Dahal #Teacher Protest