राजनीति

'अब १८ महिनापछि प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु'

'अनुकूलतामा भारत भ्रमणमा जान्छु'

तस्बिर: विजय राई/नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले अब १८ महिनापछि प्रधानमन्त्री पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

'अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले चुनाव गराउनुहुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'चुनावमा सबैले बहुमत ल्याउने कोसिस गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो ।'

फरक प्रसङ्गमा उनले अनुकूल हेरेर भारत भ्रमणमा जाने बताए । उत्तर गएर आउनुभयो, दक्षिण कहिले जानुहुन्छ ? भनेर पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, 'अनुकूलमा जाने हो । अब फर्किएकै दिन कसरी भन्नु ।'

उनले आफ्नो चीन भ्रमण राम्रो रहेको बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाल र चीनको हितमा काम गर्ने सल्लाह भएकोसमेत प्रधानमन्त्री ओलीले बताए ।

'उहाँसँगको भेट एकदमै राम्रो भयो । दुई देशको हितका लागि काम गर्ने सल्लाह भयो,' उनले भने ।

प्रकाशित: २० मंसिर २०८१ १५:३७ बिहीबार

#kpsharmaoli