संघीय खानेपानी मन्त्री प्रदीप यादवले डिपिआर भएका तर, बजेट अभावमा टेण्डर हुन बाँकी रहेका कर्णाली प्रदेशभरका खानेपानी योजनाहरुमा बजेट सुनिश्चितता गर्ने आश्वासन दिएका छन् । बजेट सुनिश्चित गरेर टेण्डर प्रकृयामा अघि बढाईने उनको भनाइ छ ।
मन्त्री यादवले भौगोलिकरुपमा विकट भएको कर्णालीमा खानेपानी समस्या समाधान गर्न लागि डिपिआर भएका योजनाहरु कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए ।
वीरेन्द्रनगरमा आयोजित ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको शुभारम्भ गर्दै मन्त्री यादवले कर्णालीमा बजेट अभावमा थन्किएका डिपिआर भएका योजनाहरु तत्काल अर्थ मन्त्रालयसँग बजेट सुनिश्चितता गरेर टेण्डर प्रकृयामा लैजाने उद्घाृेष गरे ।
आफूले कर्णालीलाई नजिकबाट चिनेको हुनाले स्वास्थ्य मन्त्री हुँदा कर्णाली विज्ञान प्रतिष्ठानलाई सहयोग गरेर अहिले खानेपानी मन्त्री भएपछि खानेपानीका योजनाहरु निर्माणमा लागि पर्ने मन्त्री यादवले बताए । खानेपानीको समस्या समाधानका लागि आफूले हरसम्भव प्रयास गर्ने उनको भनाइ थियो ।
प्रकाशित: १७ मंसिर २०८१ १६:३१ सोमबार