राजनीति

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्।

तीनदिने भारत भ्रमण सकेर आइतबार काठमाडौं फर्किएका प्रधानमन्त्री ओली मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भ्रमणको जानकारी गराएका हुन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित राष्ट्रपति भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध सुधार गर्न भ्रमण फलदायी बनेको जानकारी गराएका छन् ।

नेपालको आर्थिक समृद्धि र विकासका लागि भारतीय प्रधानमन्त्री भारत सरकार सकारात्मक रहेको सुनाउँदै ओलीले भ्रमणका क्रममा रेल र जलमार्ग निर्माणमा महत्वपूर्ण उपलब्धि भएको सुनाएका थिए ।राष्ट्रपति भण्डारीले छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध प्रगाढ बनाउँदै त्यसलाई मुलुकको आर्थिक विकासमा उपयोग गर्न प्रधानमन्त्रीलाई सुझाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७४ ०३:०२ बुधबार

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी