राजनीति

रौतहट उपनिर्वाचन : काँग्रेस र नेकपा एसको जित

तस्वीर : मदन ठाकुर/नागरिक

रौतहटका तीन पालिकाको तीन वडामा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सबै पदको परिणाम सार्वजनिक भएको छ। तीनमध्ये दुई वडाध्यक्षमा नेपाली काँग्रेस र एक वडाध्यक्षमा नेकपा एकिकृत समाजवादी (नेकपा एस) विजयी भएका छन्।

रौतहटको ईशनाथ नगरपालिका ७ मा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन्।

यसै गरी राजपुर नगरपालिका ६ मा नेपाली काँग्रेसका समसे आलमले ७४४ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन्।

यसै गरी गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरङ्गी प्रसाद यादवले ६५५ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत प्राप्त गरेकी छन्। 

प्रकाशित: १७ मंसिर २०८१ ०६:४२ सोमबार

#Rautahat #by-election 2081