राजनीति

जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रले अग्रता लिएको छ ।

आइतबार सम्पन्न मतदानको मतगणनाअनुसार कुशे ७ मा माओवादी केन्द्रले अग्रता लिएको हो ।

अहिले माओवादी केन्द्रका गोरख बहादुर नेपालीले २२२ मतका साथ अग्रता लिँदा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह २१६ मतका साथ दोस्रो स्थानमा छ ।

यस्तै एमालेका डम्बर बहादुर घर्ती १५० मतका साथ तेस्रो स्थानमा छ । राप्रपाका लालबहादुर खत्री भने ५ मतमा सीमित छ । 

प्रकाशित: १६ मंसिर २०८१ २०:४७ आइतबार

#kushe