राजनीति

सुद्धोदनमा मतगणनाका लागि तयारी पूरा, मध्यरातसम्म नतिजा आइसक्ने

सुद्धोदन गाउँपालिका वडा नं १ को उप निर्वाचनको मतगणनाका लागि सबै तयारी पुरा गरिएको छ। निर्वाचन कार्यालयका अनुसार, आज राति ८ बजेबाट मतगणना प्रक्रिया सुरु हुने छ।  

मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार, पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ, जहाँ तारजाली र ५ वटा सिसि टिभी क्यामेरा पनि राखिएको छ। मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिहरूलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ।

अधिकारीका अनुसार मतगणनाको प्रक्रिया निरन्तर जारी रहनेछ। राति १२ बजेदेखि १ बजेसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको उनले जानकारी दिए।  

आइतबार साँझ ५ बजेसम्म ३ मतदान केन्द्रका ६ वटा बास्क मतगणना स्थलमा जम्मा हुनेछन्, र उम्मेदवारहरूसँग छलफलपछि मतगणना सुरु गरिने छ।

प्रकाशित: १६ मंसिर २०८१ १३:५८ आइतबार

#by-election 2081