नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।
यसअघि बिहीबार गगनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको 'अफर' गरेको अभिव्यक्ति दिएका थिए । यो सन्दर्भ निकाल्दै वर्षमानले गगनलाई पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘हाम्रो अध्यक्षले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो, त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, पुनले भने ।
उनले गठबन्धन सफल नभएपछि कांग्रेस-एमाले माओवादीलाई देखाएर 'बार्गेनिङ पावर' बढाउन लागिपरेको बताए । 'दुबैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन् । गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउन हुँदै नभएको हाँस्यास्पद दाबी गर्नुभएको छ,’ शुक्रबार गृहजिल्ला रोल्पा पुगेका वर्षमानले भने ।
उनले माओवादीले अब आफैँ प्रधानमन्त्री हुने हैसियत बनाउने बताए ।
प्रकाशित: १४ मंसिर २०८१ २१:०२ शुक्रबार