आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि गएराति १२ बजेयता नै मौन अवधि सुरु भइसकेको छ ।
मौन अवधि सुरु हुनुपूर्व बिहीबार (हिजो) तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी सभा गरे ।
चुनावी सभालाई क्रमश: गगन थापा र विश्वप्रकाश शर्मा, शंकर पोखरेल र पुष्पकमल दाहालले सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरूले आ-आफ्नो उम्मेदवारले जित्ने दाबी पेस गरे ।
यसैलाई पृष्ठभूमि बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कविता लेखेका छन् । कवितामा उनले नेताहरूको दाबीलाई 'बोलीको भोको' भनेका छन् ।
यस्तो छ शाहीको कविता-
कीर्तिपुरको डाँडा, सपनाको थुप्रो
हावा गफको बगैँचा, मुनाफाको जोरो
लाखौँ कमाउने सपना, आँखामा चम्किलो
तर हातमा केही छैन, खाली बोलीको भोको
मञ्चमा बसेर, माइकमा कराउँदै विश्व जित्ने गफ
आकाश छुने योजना, कागजमा खचिफ
तर वास्तविकता कहिल्यै आउँदैन नजिक ।
प्रकाशित: १४ मंसिर २०८१ २०:३९ शुक्रबार