परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शुक्रबार साँझ चीनको छेङ्दुमा भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री राणा बिहीबार चीन गएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ गएकी हुन् ।
उनी शनिबार फर्किने कार्यक्रम छ ।
प्रकाशित: १४ मंसिर २०८१ १९:०८ शुक्रबार