राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्। 

उनका अनुसार ओलीले भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराएका थिए। 

भेटमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायत उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो।

 

प्रकाशित: २७ चैत्र २०७४ १४:१६ मंगलबार

राष्ट्रपति प्रधानमन्त्रीबीच भेटवार्ता