आजका लागि रवि लामिछानेको बयान सकिएको छ । लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा शुक्रबार बिहान सुरु भएको थियो ।
अब थप बयान आइतबार हुने बताइएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका रविलाई ललितपुरको स्वर्णलक्ष्मी सहकारीको बारेमा सोधपुछ गरिएको हो ।
उनलाई बिहीबार मात्रै पोखराबाट काठमाडौं ल्याइएको हो । पक्राउ परेलगत्तै पोखरा लगेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका उनलाई यसबीचमा बुटवल पनि पुर्याइएको थियो ।
यसपछि उनलाई चितवनसमेत पुर्याउने प्रहरीको तयारी छ ।
प्रकाशित: १४ मंसिर २०८१ १६:०८ शुक्रबार