सहकारी ठगी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
उनलाई बिहीबार साँझ ५ बजेपछि हवाई मार्गमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।
'तयारी हुँदैछ । पक्कापक्कीचाहिँ भएको छैन,' ती अधिकारीले भने ।
लामिछानेलाई मङ्गलबार नै काठमाडौं ल्याउने तयारी गरिएको थियो तर, मौसम प्रतिकूल हुँदा सम्भव भएन । यसपछि उनलाई आज ल्याउन लागिएको हो ।
काठमाडौंमा उनीमाथि स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा सोधपुछ हुनेछ । यसअघि उनलाई बुटवल पुर्याएर फर्काइएको थियो ।
प्रकाशित: १३ मंसिर २०८१ १६:२० बिहीबार