राजनीति

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्।

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए।  

प्रधानमन्त्री ओलीले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका आमासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए।  

उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए। पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा प्रधानमन्त्री ओलीको छ।  

जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिए।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एसोसिएनका अध्यक्ष रेइको हायाशीलगायत सम्मेलनामा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।

प्रकाशित: १२ मंसिर २०८१ १५:१८ बुधबार

#KP Sharma Oli