राजनीति

ओलीलाई श्रेष्ठले भने: पुराना सम्झौताहरु कार्यान्वयन गर्न भ्रमणले सहयोग पुगोस्

.

.

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन सन्धिसहित भएका ऐतिहासिक सम्झौताहरू स्मरण गर्दै ती सम्झौताको थप कार्यान्वयनमा भ्रमणले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सोमबार आयोजित एक छलफल कार्यक्रममा श्रेष्ठले भने, ‘तपाईं (केपी ओली) प्रधानमन्त्री भएर पहिलो पटक चीन भ्रमण जाँदा गरेका सम्झौताहरु ऐतिहासिक छन्। त्यसबेला पारवहन सन्धि गरेर ब्रेकथ्रु गर्नुभएको थियो। ती सम्झौतालाई थप कार्यान्वयन गर्न यो भ्रमणले सहयोग पुगोस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आगामी मंसिर १७ देखि हुने चीन भ्रमणलाई लिएर सरकारले कूटनीतिक र आर्थिक सहयोगका सम्भावनाहरूलाई मुख्य प्राथमिकतामा राख्दै एजेण्डा तय गरिरहेको बताइएको छ।

प्रकाशित: १० मंसिर २०८१ १४:४१ सोमबार