प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा पत्र बुझाएका छन्। गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएको बताएका हुन्।
स्वास्थ्य समस्याको कारण देखाएर अधिकारीले राजीनामा दिएका संसद् सचिवालयले पुष्टि गरेको छ।
शिक्षा मन्त्रालयको सचिवबाट अवकाश पाएपछि गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएको बताइएको छ। उनको पत्रमा सोमबारदेखि लागू हुनेगरी राजीनामा स्वीकृतीका लागि अनुरोध गरिएको छ।
प्रकाशित: ९ मंसिर २०८१ १३:५० आइतबार