राजनीति

राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरू के गर्न सक्छौँ ? : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब ढिलाइ गर्न नहुने बताएका छन्। 

आइतबार (आज) सिंहदरबारमा भएको फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई हटाएर तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।

उनले भने, ‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नको लागि धेरै समय गइसकेको छ। स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौं। छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो। छलफलपछि के एक्सन भए भन्ने विषयका समाचारहरु बन्न आवश्यक छ। संघीयताको स्पिरिटअनुसार तीन तहको जुन सरकार छ। कुनैपनि सरकारले मिनिमाइज नगरिकन निर्णय गरेर फोहोर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनैपर्छ।’

सिंहले थप्दै भनेका छन्, ‘फोहोरमैलामा राजनीति गरेर त भएन नि त। कुरा गर्दाखेरि आदर्शको कुरा गर्ने काम चाहीँ ठिक विपरितको गर्ने? त्यो त ठिक भएन नि। देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थापन गर्न सकौंला त? यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ। चाहे संघीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् ।’

सिंहले फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको स्पष्ट गरेका छन्।  

प्रकाशित: ९ मंसिर २०८१ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App