राजनीति

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई १३ दिनको म्याद सकिएपछि उनलाई फेरि अदालतमा पेश गर्न लागिएको हो। गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ।

उनीसहित गोर्खा मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायतविरुद्ध सूर्यदर्शनबाट करिब ५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेको छ। अहिले जीबी राईबाहेक सबैमाथि अनुसन्धान भइरहेको छ। 

उता, चितवन जिल्ला अदालतले मंसिर ७ गते रवि लामिछानेसहित १० जनाविरुद्ध सहारा सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेको थियो। आफ्ना सभापति पक्राउ पर्नुलाई रास्वपाले राजनीति प्रेरित भएको दाबी गर्दै आएको छ। 

प्रकाशित: ९ मंसिर २०८१ ०९:१४ आइतबार

#Rabi Lamechhane #sahakari