कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको झापास्थित निवास छेउमा शंकास्पद बस्तु भेटिएको छ। गौरादहस्थित मुख्यमन्त्रीको घरमा शंकास्पद बस्तु भेटिपछि आसपासका सर्वसाधारण त्रसित भएका छन्।
कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि भेटिएका हो। कागजमा दुर्गा माताकी जय लेखिएको स्थानीयले बताएका छन्।
रुख मुनि भेटिएको बस्तु शंकास्पद भएपछि डिस्पोज गर्न झापाको चारआलीबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको छ। सो बस्तुका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर गौरादह पुगेका थिए ।
प्रकाशित: ८ मंसिर २०८१ १३:३६ शनिबार