राजनीति

५ लाख घुससहित पक्राउ

काठमाडाैं  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बूढानीलकण्ठ नगरपालिकाको प्रमुख लीला अधिकारीसहित एक इन्जिनियरलाई पाँच लाख घुससहित पक्राउ गरेको छ।

घुस रकम लिन लागेको सुचना पाएर अख्तियारको टोलीले सोमबार साँझ ८ बजे बूढानीलकण्ठको एक होटलमा घुस लिँदै गरेको अवस्थामा उनीहरूलाईरंगेहात पक्राउ गरेको हो। उनीहरूलाई राति नै अख्तियारको नियन्त्रणमा ल्याइएको छ।

प्रकाशित: २७ चैत्र २०७४ ०२:२१ मंगलबार

घुससहित पक्राउ