राजनीति

प्रधानमन्त्री चीनपछि भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीनपछि भारतको भ्रमणमा जाने बताएका छन् । 

बिहीबार धनगढीमा पत्रकारहरूसँग गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । "अहिले प्रधानमन्त्री चीन भ्रमणमा जानुहुन्छ, त्यसपछि मित्रराष्ट्र भारत जानुहुन्छ । यसले गठबन्धन ढल्ने तथा सरकारै परिवर्तन हुने कुरामा खासै महत्त्व राख्दैन," गृहमन्त्री लेखकले भने ।

उनले बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भए पनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि बताए ।

यस्तै गृहमन्त्री लेखकले अहिले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताए । उनले भने, "बाहिर एकथरीले पुनर्गठन हुने भनेर हल्ला चलाएका मात्रै हुन्, अहिल्यै पुनर्गठन हुँदैन ।"

प्रकाशित: ६ मंसिर २०८१ १६:०८ बिहीबार

#rameshlekhak