राजनीति

सडक र गाडीहरु मर्मत गरी राख्न स्थानीय तहलाई आयोगको निर्देशन

निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई सडक संरचनाको साथै सवारी साधनहरु मर्मत गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

सोमबार आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिएकी हुन्।

निर्देशनमा सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

त्यस्तै मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्देशन दिइएको छ। 

प्रकाशित: ३ मंसिर २०८१ १७:३१ सोमबार

#election #Election Comission