राजनीति

स्वर्गीय ढुंगानाबारे कानुनविद्हरू भन्छन्: असाधारण व्यक्तित्व, संसदको नेतृत्व

कानूनविद्हरुले स्वर्गीय दमननाथ ढुंगानालाई असाधारण व्यक्तिको रुपमा चित्रण गरेका छन्।

नेपाल बारका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका कानूनविद्हरुले स्वर्गीय ढुंगानाले वकालत पेसा छोडेर देश र जनताको सेवामा समर्पित भएको पनि स्मरण गराए।

सोमबार पूर्व सभामुख ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा वरिष्ठ अधिवक्ता थापाले ढुंगानालाई संसदमा द्वन्द्व समाधानको व्यक्तिको रुपमा स्मरण गरे। ढुंगानाले माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन पनि अग्रणी भुमिका निर्वाह गरेको उनको भनाई थियो।

त्यसै गरी अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगानालाई संविधानको बारेमा असाधारण ज्ञान भएको व्यक्तिको रुपमा उल्लेख गरे । उनले नेपालको नागरिक आन्दोलन, लोकतान्त्रिक आन्दोलनको अगुवाको रुपमा ढुंगानाले मुलुकले सदा सम्झने बताए। वरिष्ठ अधिवक्ता त्रिपाठीले ढुंगानाले नेपालमा लोकतन्त्र ल्याउनका लागि सम्झौताहीन सङ्घर्ष गरेको पनि बताए। 

प्रकाशित: ३ मंसिर २०८१ १६:०५ सोमबार

#Senior Advocate Dinesh Tripathi #Senior Advocate Shambhu Thapa