पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।उनको निधनपछि सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो।
स्व. ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरू,मन्त्रीहरु, पार्टीका नेताहरूको उपस्थिति रहेको थियो। उनको पार्थिव शरीर आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
प्रकाशित: ३ मंसिर २०८१ १५:३३ सोमबार