राजनीति

संसदलाई बलियो बनाउन स्व. ढुंगानाको भूमिका अविष्मरणीयः सभामुख घिमिरे

.

.

सभामुख देवराज घिमिरेले स्वर्गीय दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरेका छन्।

सोमबार सानो गौचरणमा स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई बलियो बनाउने प्रेरणाको स्रोतका रूपमा स्व. ढुंगानालाई आफूले लिएको बताए।

उनले भने, ‘प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य र मान्यतालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न उहाँले अगुवाई गर्नुभएको थियो। उहाँ अरूलाई दुःख नहोस् भन्ने चाहने र आफू उदाहरण बन्ने व्यक्तित्व हुनुहुन्थ्यो।’

सभामुख घिमिरेले स्व. ढुंगानालाई संसद सञ्चालन र भूमिकाबारे सबैले सिक्नुपर्ने एक अभिभावकका रूपमा स्मरण गरे। उनले भने, ‘उहाँ संसदको कार्यप्रणाली र भूमिकाबारे मार्गदर्शन गर्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। आकस्मिक रूपमा यो दुःखद घटना सुन्दा म अत्यन्तै स्तब्ध भएको छु।’

स्व. ढुंगानाले संसदीय प्रणालीलाई बलियो बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न देखाएको मार्गदर्शन सधैं प्रेरणादायक रहने सभामुख घिमिरेको भनाइ थियो।

प्रकाशित: ३ मंसिर २०८१ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App