राजनीति

चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।  

सपथ लिनेमा पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि राजदूत प्रा.धनप्रसाद पण्डित र चीनका लागि राजदूत प्रा.डा.कृष्णप्रसाद ओली रहेका छन्।  

सरकारको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले केही दिनुअघिमात्र राजदूतमा नियुक्त गरेका थिए । 

प्रकाशित: २ मंसिर २०८१ १७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App