नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने बनेका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो।
यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन कास्की ईञ्चार्ज रामजीप्रसाद बरालले सिफारिस गरेका थिए। सो सिफारिसका आधारमा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको पार्टीका कास्की ईञ्चार्ज बरालले जानकारी दिए।
पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज दीननाथ शर्मा, सह ईञ्चार्ज हरि अधिकारी सहित बसेको बैठकमा पार्टीका प्रदेश कार्यालयका सदस्य, गण्डकीका ११ वटै जिल्लाका जिल्ला ईञ्चार्ज तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीको उपसिथति थियो।
नेकपा माओवादी केन्द्र कास्की संयोजक बनेका लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटिका निवर्तमान अध्यक्ष हुन्। उनी पार्टीको गण्डकी प्रदेशका सचिवालय सदस्य पनि हुन्।
प्रकाशित: १ मंसिर २०८१ १६:२३ शनिबार