राजनीति

उप निर्वाचन: कांग्रेसले कोसी र गण्डकी सर्वसम्मत टुंग्यायो १० उम्मेदवार

नेपाली कांग्रेस उप निर्वाचन भइरहेका कोसी र गण्डकी प्रदेशका १० ठाउँमा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सर्वसम्मत छनोट भएका उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । 

विज्ञप्तिमा उल्लेख भएअनुसार कोसी प्रदेशको ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा  टेकराज भट्टराई, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदार, ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ को वडाध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा राम गोपाल वली, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्षमा नगेन्द्र लिम्बू, सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा तेतर साह, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा सञ्जीव काफ्ले र उदयपुरकै बेलका नगरपालिका–९ को वडाध्यक्ष पदमा नवराज बस्नेत सर्वसम्मत चयन भएका छन् । 

यस्तै गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिका–५को वडाध्यक्षमा भाइकाजी आले सर्वसम्मत उम्मेदवार बनेका छन् ।  

यही २०८१ मंसिर १६ मा हुने स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ । 

प्रकाशित: ३० कार्तिक २०८१ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App