राजनीति

विश्वप्रकाश भन्छन्ः उपनिर्वाचनमा कसैप्रति आग्रह-पूर्वाग्रह हुनुहुन्न

<br>

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन।उनले उपनिर्वाचन घोषणा भएका स्थानीय तहका कार्यकारी प्रमुखहरूलाई अब चलाउन नहुने बताए।

उनले दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन भइरहेको र त्यहाँका कार्यकारी प्रमुखलाई चलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।उनले सबै राजनीतिक दलहरूले उपनिर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभूति गर्ने अवस्था बनाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन।

महामन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०७६ लाई अबको संसदबाट पनि टुङ्गिने वा नटुङ्गिने भन्ने अलमल हटाउनुपर्ने बताए । 

प्रकाशित: ३० कार्तिक २०८१ १६:०८ शुक्रबार

#Bishwaprakash Sharma