राजनीति

दाहालको टिप्पणी: देशलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ

<br>

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफूहरूले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरूलाई सफल हुन दिन नहुने बताए।

उनले संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए।अध्यक्ष दाहालले विगतको जस्तै संविधान मिच्ने, सांसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए।

उनले देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्ने कुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।अध्यक्ष दाहालले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरू गम्भीर हुन जरुरी रहेको बताए।आफूले केही नराम्रा काम गरेको स्वीकार गरेको पनि बताए।

प्रकाशित: ३० कार्तिक २०८१ १४:५६ शुक्रबार

#CPN (Maoist Center) #Former Prime Minister Pushpa Kamal Dahal #absolutism