राजनीति

कोशीमा सत्तारुढ दलको दुई दलीय संयन्त्र गठन, संयन्त्रलाई जिल्लासम्मै विस्तार गर्ने

केन्द्रमा संयन्त्र गठन गरेका सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेशमा पनि दुई दलीय संयन्त्र बनाएका छन्। सत्ता सहयात्रालाई थप कसिलो र प्रभावकारी बनाउने भन्दै आलोपालो अध्यक्षता गर्ने सहमतिमा कांग्रेस - एमालेले ६ सदस्यीय संयन्त्र गठन गरेका हुन्। 

संयन्त्रमा एमालेका तर्फबाट पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश अध्यक्ष  घनश्याम खतिवडा रहनेछन् भने काङ्ग्रेसबाट  प्रदेश सभापति तथा दलका नेता  उद्धब थापा,  महामन्त्रीद्वय भुपेन्द्र राई र उमेश थापा छन्। 

केन्द्रदेखि प्रदेशसम्मै बनिरहेको यस्तो संयन्त्र जिल्लासम्मै विस्तार गर्ने बताइएको छ। कोशीका १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक शनिवार विराटनगरमा गर्ने  निर्णय पनि संयन्त्रले गरेको छ।  

प्रकाशित: २८ कार्तिक २०८१ ०९:३२ बुधबार

#Koshi provience