राजनीति

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे चीन भ्रमणमा

संघीय संसद, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको १० दिने औपचारिक भ्रमणका लागि मंगलबार अपराह्न्न छेन्दु प्रस्थान गरेकी छन्।

जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिन उपाध्यक्ष घिमिरे छेन्दु गएको उनको निजी सचिवालयले जनाएको छ।

कार्तिक २८ देखि ३० गतेसम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय बिशिष्ट पदाधिकारीहरुसँग भेटवार्ता गर्नेछिन्। उपाध्यक्ष घिमिरे मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २७ कार्तिक २०८१ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App