राजनीति

रुपन्देहीमा रवि लामिछानेसँग बयान सुरु

फाइल तस्बिर

सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।

लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको हो। अहिले लामिछानेसँगको बयान सुरु भएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो।

स्रोतका अनुसार उनलाई मंगलबार र बुधबार भैरहवा राखेर बयान लिने गरी तयारी गरिएको छ।

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडीया मार्फत अपचलन गरेको अभियोगमा उनीविरुद्ध गत कार्तिक ८ मा जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो।

बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड  २९ लाख रुपैँया मध्ये जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको सम’हले गोर्खा मिडीयामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा छ।

प्रकाशित: २७ कार्तिक २०८१ १३:२७ मंगलबार

#Rabi Lamechhane