राजनीति

भारतीय स्थलसेनाध्यक्ष जनरल द्विवेदी नेपाल भ्रमणमा आउने

भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्।

नेपाली सेना उच्च स्रोतका अनुसार उनी मंसिर ४ मा नेपाल आउने भएका हुन्। नेपाली सेनाले उनको भ्रमणको तयारी गरेको छ। 

नेपाल भ्रमणको क्रममा भारतीय सेना प्रमुखलाई  शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइने कार्यक्रम रहेको छ।

भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्न नेपाल आउन लागेको नेपाली सेना निकट स्रोतले जानकारी दियो।

द्विवेदीको नेपाल भ्रमणका क्रममा सहयोग आदान– प्रदानबारे पनि महत्त्वपूर्ण छलफल हुने सैनिक स्रोतले जानकारी दिएको छ। द्विवेदी ३० जुन २०२४ मा भारतीय स्थल सेना प्रमुख नियुक्त भएका थिए।

प्रकाशित: २७ कार्तिक २०८१ १२:५९ मंगलबार