राजनीति

उर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधीबीच भेट

.

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधीबीच भेटवार्ता भएको छ।

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीका अनुसार मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका थिए।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका थिए।

अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गत साता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए।

भेटमा विश्व बैंकका प्रतिनिधिले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे। भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थ विज्ञ अमित श्रेष्ठ, मन्त्री खड्काका निजी सचिव मनोज पन्थलगायतको उपस्थित रहेको थियो।

प्रकाशित: २६ कार्तिक २०८१ २०:४० सोमबार