राजनीति

शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन्। 

शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालिन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनिय योगदान गरेको बताए। साख्वा सामाजिक न्यायका पक्षपति रहेको सिंहको भनाइ थियो।  

उपप्रधानमन्त्री सिंहले तत्कालिन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गरेका साख्वा सामाजिक न्यायको पक्षपाति रहेको भन्दै धर्मसंस्कृतिप्रति पनि उनको उत्तिकै योगदान रहेको चर्चा गरे। 

साख्वाको योगदानको मूल्यांकन गर्दै तत्कालिन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। २०६५ कात्तिक ७ गतेदेखि साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । 

लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास छ ।

प्रकाशित: २६ कार्तिक २०८१ १२:१८ सोमबार

#Shankhadhar Sakhwa #Prakash Man Shing