राजनीति

राष्ट्रपति अजरबैजान उडे, कार्यभार उपराष्ट्रपतिलाई

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान उडेका छन् । आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका उच्च पदस्थ पदाधिकारीले राष्ट्रपति पौडेको बिदाइ गरे । 

अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गर्नेछन् । जहाँ उनले कात्तिक २७ र २८ गते दुई वटा विशेष सत्रमा सम्बोधन समेत गर्नेछन् । 

राष्ट्रपति पौडेल विदेश भ्रमणमा निस्किएपछि आफ्नो अनुपस्थितिमा राष्ट्रपतिले सम्पादन गर्ने काम उपराष्ट्रपति राम सहाय यादवलाई जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम आफ्नो जिम्मेवारी उपराष्ट्रपति यादवलाई सुम्पिएको जनाएको छ ।  

प्रकाशित: २५ कार्तिक २०८१ १८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App