राजनीति

अजरबैजान उडे राष्ट्रपति (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।

अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका छन्।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार साँझ उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन्। 

राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्ति  पुगेका थिए। 

हेर्नुहोस् तस्बिरहरु

प्रकाशित: २५ कार्तिक २०८१ १८:२७ आइतबार