राजनीति

निजी निवासबाटै पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

.

पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौं ल्याएको हो।

यो पनि पढ्नुहोस्

अनुसन्धानलाई साथ दिन आफैं काठमाडौं जाँदै छु: पूर्वमन्त्री अधिकारी

हेर्नुहोस् तस्बिरहरु: 

प्रकाशित: २५ कार्तिक २०८१ १५:५६ आइतबार