राजनीति

अन्तिम समयमा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

अध्यक्ष पुष्पकमल दाहालको व्यस्तताको कारण देखाउदै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित गरिएको छ। आज दिउँसो बस्ने भनिएको बैठक अध्यक्ष दाहाल व्यस्त भएको भन्दै अन्तिम समयमा स्थगित गरिएको हो।

अध्यक्ष दाहाल आज मकवानपुरको कार्यक्रममा सहभागी भएका छन् ।

आज स्थगित गरिएको बैठक भोलि बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा बिहान बस्ने बताइएको छ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो । त्यस्तै बैठकले पार्टीलाई देशैभरी परिचालन गर्ने विषयमा पनि छलफल गर्ने सचिव दिनानाथ शर्माले बताए।

प्रकाशित: २५ कार्तिक २०८१ १२:१६ आइतबार

#Maoist Center