राजनीति

कृष्ण सिटौला भन्छन्ः संविधान जारी भएपछिका वर्षको गहन समीक्षा जरुरी छ

राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा गणेशमान सिंहको ११० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन। उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताए। नेता सिटौलाले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैँले बनाएको संविधान कति इमानदारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको धारणा राखे।

उनले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताए। उनले परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि गरिएका सङ्कल्पहरू कति पूरा भए भन्नेबारेमा समीक्षा हुनुपर्ने बताए।नेता सिटौलाले स्थानीय तहदेखि संघ सरकारसम्मै राज्य सञ्चालनका शैलीहरू परिवर्तन गर्न जरुरी रहेको बताए। 

प्रकाशित: २४ कार्तिक २०८१ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App