राजनीति

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

शुक्रबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रकाशित: २३ कार्तिक २०८१ १४:३५ शुक्रबार

#suprim court