राजनीति

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक,तत्काल केन्द्रीय कमिटीको बैठक नबस्ने

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ। बैठकमा आसन्न उपनिर्वाचन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्ने बताइएको छ। 

सचिव दिनानाथ शर्माले भोलिको बैठकले चुनावी तालमेलका विषयमा निर्णय गर्ने बताए। माओवादीले यसअघि तिहारलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो। 

सचिव शर्माले तत्काल पदाधिकारीको बैठक बस्ने भएकाले उपनिर्वाचन अगाडि केन्द्रीय कमिटीको बैठक बस्ने सम्भावना नभएको बताए। उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेसहितको प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकमार्फत समाधान खोजिने भनिएको थियो। 

केन्द्रीय कमिटीको बैठक तत्काल नबस्ने भएपछि उपमहासचिव शर्माले उठाएका विषय तत्काललाई पछि सरेपछि नेतृत्वलाई राहत भएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ १२:३० बिहीबार

#Maoist