इजरायलको आवासीय राजदूतमा प्रा धनप्रसाद पण्डित नियुक्त भएका छन्।
सरकारको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि पण्डित राजदूत नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पण्डितलाई राजदूतमा नियुक्त गरेका हुन्।
प्रकाशित: २१ कार्तिक २०८१ १५:५९ बुधबार