राजनीति

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

विद्यावारिधि उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओली। तस्बिर : प्रदिप ज्ञवालीको ट्विटरबाट

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधिको (पीएचडी) उपाधि प्रदान गरेको छ। भारतको पन्तनगरमा रहेको विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विज्ञानमा मानार्थ पीएचडीको उपाधिले सम्मान गरेको हो।

विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका कुलपतिले प्रधानमन्त्री ओलीलाई उक्त उपाधि प्रदान गरेका थिए। आइतबार पन्तनगर पुगेका ओलीले त्यहाँ रुद्रक्षको विरुवा समेत रोपेका छन्। प्रधानमन्त्री ओली तीन दिने राजकीय भ्रमण सकेर आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०८:५९ आइतबार

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि