राजनीति

सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्वन्द्व फैलाउने हो: माओवादी

पत्रकार भेटघाट तस्बिर: गोल्डेन बुढा

जुम्लाका संघीय सांसद ज्ञानबहादुर शाहीको पछिल्लो समयको अभिव्यक्ति आपत्तिजनक रहेको ध्यानाकर्षण भएको जनाएको छ । नेकपा माओवादी केन्द्र जुम्ला जिल्ला समन्वय समितिले शुक्रबार जिल्लामा आयोजना गरेको पत्रकार भेटघाटमा सांसद शाहीले जुम्ला जिल्लामा सम्पन्न विभिन्न कार्यक्रममा दिएका अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो। 

जिल्ला संयोजक नवराज न्यौपानेले प्रस्तुत गरेको प्रेस विज्ञेप्तिमा भनिएको छ, नेपाली जनताको लामो त्याग, तपस्या, बलिदान स्वरूप मुलुकमा सामन्ति राजतन्त्रको अन्त्य भएर संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। 

जनयुद्धको जग र जनआन्दोलनको बलमा रैती प्रजावाट नेपालीहरूले नागरिक बन्ने अवसर पाएका छन्।पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बहादुर शाहको अगुवाइमा जुम्ली सेनाहरु दशैमा घर गएको मौकामा आक्रमण गरेर जुम्ला राज्यलाई नामेट गरिएको तथ्य छिपेको छैन।

विज्ञेप्तिमा उल्लेख छ, तत्पश्चात्का २१७ वर्ष भन्दा ज्यादा समय शासन गरेर कर्णालीलाई अघोषित नाकाबन्दी लगाउने, सरकारी सेवामा प्रजिअको जिम्मेवारीबाट समेत बन्चित गरेर कर्णालीवासीलाई शासितको व्यवहार गर्ने, १२ वर्ष भन्दा माथिकालाई सफाया गर्न भक्ति थापालाई आदेश दिएर जुम्लीहरुको नरसंहार गर्ने, जुम्ला राज्यका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तुहरु नष्ट गर्ने शाहवंशीय राजतन्त्रको वकालत गर्ने प्रतिनिधसभा सदस्य ज्ञानबहादुर शाहीले जुम्ला जिल्लामा सम्पन्न विभिन्न कार्यक्रममा दिएका अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण गरेको हो । 

विज्ञप्तिमा माओवादी केन्द्रले सिंजा सभ्यता विधेयक आफू समेतले लेखेको, पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले सिन्जा सभ्यता विधेयकलाई शैद्धान्तिक सहमति दिने क्याबिनेटमा भएको निर्णयलाई झुठको संज्ञा दिदै क्याविनेटमा सैद्धान्तिक सहमति प्राप्त हुदैमा संसदमा दर्ता नहुने सामान्य ज्ञानपनि नभएझै संसदमा दर्ता भएकै छैन भन्दै अफबाह फैलाउन खोजेको, अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई पटक पटक हत्याराको संज्ञा दिदै आक्रमण गरिरहनु, जिल्लाका जनप्रतिनिधिहरूलाई साँढेको उपमा दिदै बाबुको तलब खाएको जस्ता निकृष्ठ अभिव्यक्ति दिदै समस्त जनप्रतिनिधिहरूको मानमर्दन गरेको, आफ्नो कमजोर कार्यसम्पादनलाई ढाकछोप गर्न आफ्नो पहलमा नआएको बजेट र आयोजनाको समेत दाबी गरेको, जनताका लागि अनवरत सेवारत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता मुलुक तथा जिल्लाका गौरवको आयोजनाप्रति जनताको अनास्था फैलाउने तथा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीहरूको मनोबल गिराउने गरी सार्वजनिक अभिव्यक्ति दिएको, सार्वजनिक समारोहहरूमा अश्लिल शब्द प्रयोग गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिहरू प्रतिनै नकारात्मक विम्ब स्थापित गर्ने हर्कत गरेको भन्दै ध्यानाकर्षण गरेको छ। 

पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका जिल्ला ईज्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले पत्रकारको जिज्ञासमा सिञ्जा विधेयक वारे तत्कालिन समयमा आफु प्रदेशसभामा रहेको समयमा सिञ्जा विधेयक दर्ता भएको थियो।सांसद ज्ञानेन्द्र त्यतिवेला सामाजिक अभियन्ता थिए।सरोकारवालालाई पठाउने क्रममा पठाएको थिए। सुझाव मागेको हो, उनले धन्यवाद दिनुभयो, सुझाव आएन।

 त्यस पछि प्रदेश सभामा दर्ता गरेका थियौ।त्यसपछि समितिमा अडकियो र दोस्रो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको तर्फबाट अगाडि बढाएर अर्थ हुदै सम्वन्धित मन्त्रालय हुदै अध्यक्ष प्रचण्ड नेतृत्वमा अन्तिम मन्त्रिपरिषदमा सैद्धान्तिक सहमतिको निर्णय गरिएको ईन्चार्ज भण्डारीले बताए। 

उनले हामी र अध्यक्ष प्रचण्डले काँही पनि संसदमा टेवुल भएको भनेका छैनौ तर सांसद ज्ञानबहादुर झुट बोलेका छन्।पत्रकारहरुले स्थानीय तहका प्रमुख साँढे भन्ने के हो रु भन्ने बिषयमा सिंजा गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य पूर्ण प्रसाद धितालले साँढे भनेको पशुको हुन्छ, मान्छेको हुदैन। मान्छे फेरी राजनितिक र जनप्रतिनिधि यसमा पनि साँढे भन्नु राम्रो नभएको वताए।माओवादी केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखित गतिविधि र अभिव्यक्तिमा विराम नलगाए पार्टी कडा प्रतिवादमा उत्रिने समेत चेतावनी दिएको छ ।  

प्रकाशित: १७ कार्तिक २०८१ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App