कानूनविद्हरुले स्वर्गीय सुवासचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन्।सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गरिन्।
सोमवार सर्वोच्च अदालत बार एसोसिएसनले प्रकाशित गरेको स्मृतिमा सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै उनले सङ्क्रमणकालीन न्यायलाई आजको अवस्थामा पु¥याउने पनि उहाँले निर्वाह गर्नुभएको भूमिको खुलेर प्रशंसा गरिन।
कार्यक्रममा एमाले नेता भीम रावलले स्वर्गीय नेम्वाङले देशको निम्ति ठुलो योगदान गरेको चर्चा गरे। कूटनीति, राजनीति, विवाद मिलाउने विषयमा उहाँ सिपालु भएको र त्यसैले आफूसँग उहाँको मित्रता कायम हुन गएको पनि उनले स्मरण गराए। नेम्वाङलाई बहु आयामिक व्यक्तित्वको रुपमा उल्लेख गर्दै नेता रावलले उहाँले पार्टीमा आउने गरेको झटका मिलाउने काममा पनि नेतृत्वदायी भुमिका खेल्ने गरेको बताए।
एमाले सांसद सुहाङ नेम्वाङले आफ्ना पिता सुवासले सिंगै मुलुकको एकतामा जोड दिएको र त्यसै बाटोबाट मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताए।उनले नेपाली राजनीतिलाई सकारात्मक बाटोमा अघि बढाउन आफ्ना बुबा सुवासको अभाव अहिले पनि खडकी रहेको धारणा राखे।
नेम्वाङले पिता सुवासको विनम्रता, शालीनताबाट सिकेर राजनीतिक दलहरू अघि बढ्नुपर्नेमा पनि जोड दिए।
प्रकाशित: १२ कार्तिक २०८१ १८:३३ सोमबार